राजनीति

आजदेखि संसदमा जबरामाथिको महाभियोग प्रस्तावबारे छलफल हुने

फाइल तस्बिर

आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोगबारे छलफल हुने भएको छ। 

बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्न लागेको हो। संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा जबराको महाभियोगबारे छलफल हुने जनाइएको छ।  

०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङ्गले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१)बमोजिम प्रस्तुत गर्नुभएको प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूचीमा रहेको छ।

प्रकाशित: २२ श्रावण २०७९ ०१:१५ आइतबार

प्रतिनिधि सभा बैठक चोलेन्द्र शमशेर जबरा