राजनीति

मंसिर ४ गतेको निर्वाचनमा गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय

फाइल तस्बिर।

शुक्रबार प्रधानमन्त्री निवासमा बसेको गठबन्धनको बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पाँच दलिय गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय गरेको छ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेको भोलीपल्ट आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सत्तारुढ पाँचदलीय गठबन्धन बैठकले सो निर्वाचनमा पनि चुनावी तालमेल गरेर अघि बढने निर्णय गरेको हो।

यस्तै चुनावी तालमेललाई न्यायपूर्ण र व्यवस्थित बनाउनका लागि कार्यदल गठन गरी अघि बढने सहमति पनि गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 

प्रकाशित: २० श्रावण २०७९ ०६:५५ शुक्रबार

प्रधानमन्त्री निवास