राजनीति

प्रचण्ड आज जापान जाँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जापान जाँदैछन्।  उनका सचिवालयका अनुसार शुक्रबार राती १०:३० मा  प्रचण्ड जापान उड्ने छन्।

प्रचण्ड नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन जापान जान लागेका हुन्।

उनी साउन २५ मा स्वदेश फर्किनेछन्।

प्रकाशित: २० श्रावण २०७९ ०५:२२ शुक्रबार

नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल ‘प्रचण्ड’