राजनीति

कर्मचारी, कैदीबन्दी र सुरक्षाकर्मीलाई मतदान गर्न दिने तयारी

निर्वाचन आयोले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा कर्मचारी, कैदीबन्दी, सुरक्षाकर्मी र आश्रममा रहेका वृद्धवृद्धालाई मतदान गर्न दिने तयारी गरेको छ।

समानुपातिकतर्फको अस्थायी मतदाता कायम गरि उनीहरूको मताधिकार सुनिश्चित गर्न आयोगले गृहकार्य गरिरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले जानकारी दिए।

स्थानीय तह निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दी मतदान गर्नबाट बञ्चित भएका थिए। तर पछि एक रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले उनीहरुलाई अस्थायी मतदाताको रुपमा मतदान गर्न पाउने व्यवस्था गर्न आदेश दिएको थियो।

प्रकाशित: १९ श्रावण २०७९ १२:०६ बिहीबार