राजनीति

भोलिदेखि मतदाता नामावली संकलन स्थगित

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ मा गर्ने घोषणा भएसँगै मतदाता नामावली संकलन स्थगित हुने भएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार (भोलि) शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुने भएकाे हाे। हाल आयोगले देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय आदि ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन गर्दै आएको छ।

प्रकाशित: १९ श्रावण २०७९ ०९:३७ बिहीबार

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन