राजनीति

मन्त्रिपरिषद् बैठक सुरू, निर्वाचन मितिबारे छलफल

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ। आजको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मितिबारे निर्णय हुनसक्ने सम्भावना रहेको छ।

बुधबार बसेको गठबन्धनको बैठकमा चुनाव मंसिर ४ मा गर्नेबारे सहमति जुटेको थियो। निर्वाचन आयोगले सरकारलाई मंसिर २ गते चुनाव गराउन सुझाव दिएको थियो भने सरकारले आगामी मंसिर ४ गते निर्वाचन गर्ने तयारी गरिरहेको छ।

प्रकाशित: १९ श्रावण २०७९ ०७:३१ बिहीबार