नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले शेरबहादुर देउवा नेतृत्वको सरकारबाट देश अगाडि बढ्न नसक्ने बताएका छन्। प्रेस चौतारी नेपाल सिन्धुलीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले मुलुकमा छिटो भन्दा छिटो निर्वाचन गर्नु अपरिहार्य भएको बताए।
उनले भने, 'यो प्रतिनिधि सभाले कुनै सकरात्मक दिशा दिन सक्दैन गति लिन सक्दैन राष्ट्रको समस्या समाधान गर्न सक्दैन,' गठबन्धन सरकार समयमै निर्वाचन नगर्नका लागि विभिन्न षड्यन्त्रहरु बुन्दै गएको उनको आरोप छ। 'खबरदार अविलम्ब निर्वाचनको मिति घोषणा गरियोस्', उनले भने। 'मंसिरको पहिलो साता सम्पन्न गर्ने गरि निर्वाचनको घोषणा गरियोस् निर्वाचन सार्ने र निर्वाचन टार्ने कोसिस हुदैछ, यो किमार्थ मान्य हुने छैन। गठबन्धन सरकार विदेशी शक्तिकेन्द्रको कठपुतली जस्तै देखिएको छ।',
उपाध्यक्ष पौडेलले मुलुक आर्थिक दृष्टिकोणले संकटमा पुगेको बताएका छन्। 'नेपालमा यस्तो अवस्था आउन सक्छ एउटा औषधि समेत किन्न नसक्ने अवस्थामा नेपाल पुग्न सक्छ', नेकपा एमालेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सिन्धुली आएका पौडेलले पत्रकार सम्मेलनमा भने, 'मुलुक श्रृलंकाको दिशातर्फ अगाडl बढीरहेको अर्थशास्त्रीहरुले भनेका छन्। अत्यावश्यक बस्तुको आयात समेत गर्न नसक्ने अवस्थामा नेपाल पुग्न सक्ने भन्दै उनले महंगी कहालीलाग्दो भएको बताए।
पुर्व अर्थमन्त्री समेत रहेका पौडेलले अर्थतन्त्रका सबै परिसुचक नकरात्मक भएको बताए। नेकपा एमालेले सरकार हस्तान्तरण गर्दा अर्थतन्त्रका सबै परिसुचक सकरात्मक भएको भन्दै उनले 'शेरबहादुर देउवा नेतृत्वको सरकार देशको र जनताको समस्या समाधान गर्न नभएर जनतामै समस्याका बोझ लाद्नका लागि असह्य पिडा र यातना लाद्नका लागि सरकार बनेको हो भन्ने कुरा पुष्टि भएको छ।' शुसासन विकास निर्माण, मुलुको आर्थिक अवस्था लगायतका परिसुचकलाई हेर्दा मुलुक संकटतर्फ धकेलिदै गएको छलंङग हुने उनको भनाई छ। सरकारले बजेट ल्याएपनि बजेट निर्माणको सन्र्दभमा तमासा भएको भन्दै उपाध्यक्ष पौडेलले सरकारले निर्माण गरेको बजेटले राष्ट्रका निम्ति ठूलो अर्थ राख्ने बताउदै बजेट निर्माणको विश्वसनियता समाप्त भएको बताए।
नागरिकताको विधेयक एसपीपी लगायतका विषयसँग जोडिएर राष्ट्रको हित प्रतिकुल सम्झौता गरेर विदेशी शक्तिको इशारामा काम गर्ने सरकार हो भन्ने पुष्टि भएको बताए। केपी शर्मा ओलीको नेतृत्वमा सरकार रहदा देशलाई स्थायित्व विकास समृद्धि तर्फ डोर्याइरहेको बेला सर्बोच्च अदालतलाई समेत प्रयोग गरेर सरकार बलजफ्ती हटाएको उनको भनाई छ।
देशलाई सुशासन समृद्धि र विकास तर्फ लैजानका लागि नेकपा एमालेको नेतृत्वको सरकार बनाउनुको विकल्प नभएको भन्दै उनले निर्वाचनका माध्यमबाट नेकपा एमालेको बहुमतको सकार निर्माण गर्ने त्यो अठोटका साथमा हामी अगाडि बढेका उनले बताए। नेकपा एमालेसँग एक्ले प्रतिस्पर्धा गर्ने हैसियत नेपालका अन्य कुनै पार्टीसँग नभएको भन्दै अरु दल एक्लै लड्न नसकेर आपसमा गठबन्धन गर्नुपर्ने अवस्था रहेको बताए। 'गठबन्धन गरेर लड्न मन लागे गठबन्धन गर एक्लै लड्न मन लागे एक्लै लड तर आउने निर्वाचनमा बहुमतका साथ सरकार निर्माण गर्न कसैले रोक्न सक्दैन' उनले भने।
प्रकाशित: १३ श्रावण २०७९ ०८:२३ शुक्रबार