राजनीति

अघिल्लो सरकारले गरेकाे संवैधानिक नियुक्तिविरुद्धको मुद्दामाथि सुनुवाइ हुँदै

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेत्तृत्व सरकारको पालामा भएको ५२ जना संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्ध परेका रिट निवेदनहरुमाथि आज (बुधबार) सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश, संसदीय सुनुवाइबिना भएको नियुक्ति लगायतका विवादमा परेको मुद्दामा सर्वोच्च अदालतले बुधबार पेसी तोकेको हो। सुनुवाइका लागि चारवटा रिट निवेदन र तीसँग सम्बन्धित थप पाँचवटा पुरक निवेदनहरु पेसीमा परेका छन्।

बुधबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले उक्त मुद्दाको सुनुवाइ गर्नेछ। 

प्रकाशित: ११ श्रावण २०७९ ०७:४७ बुधबार

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेत्तृत्व सरकार सर्वोच्च अदालत