राजनीति

संसदीय छानबिन समितिको बैठक: आज सिंहदरबार गेटको फुटेजबारे छलफल गरिने

संसदीय छानबिन विशेष समितिको बैठक आज पनि बस्दै छ। बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा  बस्न लागेको हो।  

समितिले अहिलेसम्म अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको अनुसन्धान र निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ गरिसकेको छ।    

अर्थ मन्त्रालयको सिसिटिभी फुटेजबाट निष्कर्ष ननिस्केपछि सिंहदरबार गेटकै फुटेज मगाएर समितिले अनुसन्धान गर्न लागेको हो।  

शर्मामाथि बजेट निर्माणमा बाहिरी व्यक्तिलाई प्रवेश गराएको आरोप लागेको छ। बजेट बनाउने क्रममा बाहिरी व्यक्तिलाई मध्यरातमा मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप शर्मामाथि छ। आरोप लागेसँगै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए

प्रकाशित: ९ श्रावण २०७९ ०३:५५ सोमबार

संसदीय छानबिन विशेष समिति निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा