राजनीति

राष्ट्रियसभा बैठक: नागरिकता विधेयकलाई टेबल गरिने

फाइल तस्बिर

राष्ट्रियसभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो।  

आजको बैठकमा नागरिकता विधेयकलाई टेबल गर्ने कार्यतालिका छ। राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ लाई सभा समक्ष टेबल गर्नेछन्।

त्यस्तै  ‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष गराउने कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित: ९ श्रावण २०७९ ००:४३ सोमबार

राष्ट्रियसभाको बैठक