राजनीति

वि.पि. कोईरालालाई संसदले सम्झिनुपर्छ: मिनेन्द्र रिजाल

नेपाली काँग्रेसका सांसद डा.मिनेन्द्र रिजालले नेपाली काँग्रेसका संस्थापक तथा पूर्व सभापति वि.पि. कोईरालालाई नेपालको संसदले सम्झिनुपर्ने बताएका छन्।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद रिजालले आज वि.पि. कोईरालाको स्मृति दिवस भएको र विपी नेपालको पहिलो संसदको नेता भएकाले उनलाई संसदले स्मरण गर्नुपर्ने बताएका हुन्।

वि.पि.ले राजासँग लड्दा अथवा राजासँग मिलापको बाटो खोज्दापनि नेपाली जनतालाई केन्द्रमा राखेको उनले बताए। सांसद रिजालले कोईरालाले नेपाली जनतालाई साँचो अर्थमा सार्वभौम बनाउने काममा लागेको स्मरण गरे। 

सांसद रिजालले वि.पि.कोईरालाका समकालिन नेताहरु सुवर्ण समशेर, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराई लगायतका नेताहरुले समेत वि.पि. कोईरालालाई उच्च सम्मान गर्ने गरेको प्रशंग उठाएका थिए।

प्रकाशित: ६ श्रावण २०७९ १०:११ शुक्रबार