राजनीति

संसदीय छानबिन समिति: शर्मालाई बोलाएर सोधपुछ गरिने

फाइल तस्बिर

संसदीय छानबिन समितिको बैठक आज बस्दै छ। बैठकमा पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर सोधपुछ गर्ने कार्यक्रम छ।

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणमा बाहिरी व्यक्तिलाई प्रवेश गराएको आरोपमा छानबिन गर्न संसदीय छानबिन समिति बनेको हो।

संसदीय छानबिन समितिमा ११ सदस्य छन्। तत्कालीन अर्थमन्त्री शर्माले बजेट बनाउने क्रममा बाहिरी व्यक्तिलाई मध्यरातमा मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको थियो। आरोप लागेसँगै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

प्रकाशित: ४ श्रावण २०७९ ०३:४५ बुधबार

पूर्वअर्थमन्त्री जनार्दन शर्मा