राजनीति

प्रचण्ड र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका छन्।

भारतीय विदेशमन्त्री जयशंकरले प्रचण्डलाई स्वागत गर्न पाउँदा खुशी लागेको जनाएका छन्। आर्थिक सहकार्यमा केन्द्रित भइ छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको जयशंकरले ट्वीटमार्फत् जानकारी दिएका छन्।

प्रचण्डलाई स्वागत गर्दै उनले नेपाली भाषामा भ्रमणबारे जय शंकरले उल्लेख गरेका छन्। यस्तै उनले भ्रमणका बिच भएको छलफल फलदायी रहेको समेत टिप्पणी गरेका छन्। भारत भ्रमणमा रहेका उनले शनिबार नै भारतीय सुरक्षा सल्लाहकार अजित डोभललगायतसँग भेटवार्ता गर्दैछन्।

भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नाड्डाको निमन्त्रणामा शुक्रबार भारत भ्रमणमा गएका उनले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर प्रचण्ड स्वदेश फर्किने कार्यतालिका रहेको छ।

प्रकाशित: ३२ असार २०७९ ०८:२७ शनिबार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भारतीय विदेशमन्त्री एस जयशंकर