राजनीति

फर्किन चाहे ढोका बन्द छैनः उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले डाक्टर बाबुराम भट्टराई सहमतिमै अलग भएको बताएका छन्। वीरगञ्जमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले  उनका लागि गेटमा ताला भने  नलगाएको बताए।

‘उहाँले पुनर्विचार  गर्नुभयो भने अझै पनि हामीले आह्वान गरेका छौं’ उनले भने, ‘ मूलधारको राजनीतिमा आउन चाहनुभयो भने त्यसका लागि गेटमा ताला लगाएका छैनौं।’ यसअघि जसपाको बिहीबार वीरगञ्जमै बसेको बैठकले बाबुराम भट्टराईलगायत ९ लाई पार्टीको जिम्मेवारीबाट मुक्त गरिसकेको छ।

बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष उपेन्द्र यादले लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई राजनीतिक स्थिरतातर्फ अगाडि बढाउन गठबन्धनको निरन्तरता आवश्यक रहेको बताए। स्थानीय चुनावमा केही तीता अनुभव भए पनि मुलुकका लागि गठबन्धन अझै आवश्यक रहेको यादवको भनाइ छ।  

प्रकाशित: ३१ असार २०७९ ०५:५९ शुक्रबार

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव बाबुराम भट्टराई