राजनीति

रेणु यादवद्वारा जसपाको केन्द्रीय कार्यकारिणी तथा केन्द्रीय सदस्यबाट राजीनामा

जनता समाजवादी पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय सदस्य रेणु कुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले आफू कुनै पनि पदीय जिम्मेवारीमा नबस्ने बताउँदै पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाएकी छन्।

उनले राजीनामामा पत्रमा  भनेकी छन् ‘वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु। तसर्थ आजकै मितिदेखि लागू हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु।,’

यादव पछिल्लो समय पार्टीले गरेको मन्त्री हेरफेरको विषयमा असन्तुष्ट रहेकी थिइन्।

प्रकाशित: ३० असार २०७९ ११:२६ बिहीबार