राजनीति

'एम' अधिकारी गभर्नर हैनन्ः एमाले

नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी गर्भनर नरहेको स्पस्टीकरण दिएको छ। 

कार्यालयका सचिव भीष्म अधिकारीले अर्थ विभागमा रहेका एम अधिकारी गर्भनर महाप्रसाद अधिकारी नभएको बताएका हुन्।  सरकारी सेवामा रहेकालाई पार्टीको कुनै विभागमा राख्ने नीति समेत नरहेको उनको दावी छ।

आफ्नो नाम जोडर प्रचार भइरहेको भन्दै महाप्रसाद अधिकारीले एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी आफू कुनै पनि पार्टीको सदस्य रहने कुरा सोच्नसमेत नसकिने बताएका छन्। उक्त पत्रको जवाफमा एमालेले  एम अधिकारी गभर्नर नरहेको स्पस्टीकरण दिएको हो।  

पछिल्लो समय पार्टीको कार्यकर्ता गर्भनर हुन नसक्नै भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतले अधिकारीको राजीनामा मागिरहेपछि विवाद बढको हो। उनीहरुले एम अधिकारी र गभर्नर महाप्रसाद अधिकारी एकै रहेको दावी गर्दै छानविनको माग गरेका छन्।

प्रकाशित: ३० असार २०७९ ०८:११ बिहीबार