राजनीति

‘गभर्नरको विषयमा तत्काल छानविन गर’

राष्ट्रिय सभाका सांसद जगप्रसाद शर्माले एमालेको अर्थ तथा योजना विभागका एम अधिकारी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एउटै भए/नभएको सरकारले छानबिन गरेर सत्य तथ्य बाहिर ल्याउन माग गरेका छन्।

बिहीबार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसद शर्माले यस्तो माग गरेका हुन्। उनले नियम, कानून, मूल्य मान्यता, गल्ति र नैतिकताले नै समाजलाई सु-संस्कृत बनाउने भएको भन्दै दबाव, आन्दोलन नगरेर नैतिकतालाई स्थापित गर्न प्रतिपक्ष दलका नेताको उद्घोष पुनः आत्मसाथ गर्न आग्रह गरे।

‘बाहिर पत्रपत्रिकामा चर्चा परिचर्चा छ। एमालेको अर्थ तथा योजना विभागका एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एउटै हुन्, उनले भने ‘छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गर्दछु।’

प्रकाशित: ३० असार २०७९ ०६:३१ बिहीबार

राष्ट्रिय सभाका सांसद जगप्रसाद शर्मा अर्थ तथा योजना विभाग