राजनीति

प्रतिनिधिसभा उपसभामुखका लागि बिहीबार निर्वाचन

संघीय संसद सचिवालयले प्रतिनिधिसभाका उपसभामुखका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

सभामुख अग्निप्रसाद सापकोटाको निर्देशनमा उपसभामुख चयनका लागि असार ३१ गते निर्वाचन गर्ने गरी सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हो। कार्यतालिका अनुसार बिहीबार मनोनयन दर्ताका लागि समय तोकिएको छ। बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेबीचमा मनोनयन दर्ता गर्न सकिनेछ।

प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षको नियुक्तीमा ढिलाइ भएको भन्दै सांसदहरुले नियुक्ती प्रक्रिया सुरु गर्न दबाव दिँदै आएका छन्। राष्ट्रियसभा सदस्य वामदेव गौतमले यस विषयलाई गम्भीरतापूर्वक लिन राजनीतिक दल र सरकारलाई दबाव दिइरहेका छन्।

प्रकाशित: २९ असार २०७९ ०७:३५ बुधबार

संघीय संसद सचिवालयले प्रतिनिधिसभा