राजनीति

एमाले अध्यक्ष ओली र सीपीसीका नेता जियानचाओबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटघाटका लागि जियानचाओ नेतृत्वको प्रतिनिधिमण्डल बालकोटस्थित ओली निवास पुगेको थियो। भेटका क्रममा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्का, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग जियानचाओले भेटवार्ता गरिसकेका छन्।

चारदिने नेपाल भ्रमणमा रहेका जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेकाे छ।

प्रकाशित: २८ असार २०७९ ०५:०८ मंगलबार