राजनीति

धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार जरिवाना गरेका छौं: मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धोबीखोलामा फोहाेर फाल्ने कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको जानकारी दिएका छन्। 

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत सोमबार साँझ ५ः०८ बजे ट्विीट गर्दै उक्त जानकारी दिएका हुन्।  

‘सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ। सो सामग्रीको छानविन गरी उक्त कार्यमा संलग्न कम्पनीलाई नियम अनुसार रु। २५,००० (पच्चिस हजार रुपैयाँ) जरिवाना गरेका छौं’, उनले आफ्नो ट्वीटमा उल्लेख गरेका छन्। उनले रकम तिराएको रसिद समेत अपलाेड गरेका छन्।  

महानगरले महानगरपालिका वार्ड नम्बर ९ मा रहेको प्राक्टिकल वेष्ट सोलुसन प्रालिलाई जरिवाना गरेको हो। प्रालिले केही महिनादेखि नियमित रुपमा धोबीखोलामा फोहोर फालेको भिडियो साम्रगी सार्वजनिक भएपछि महानगरले यो जरिवाना गरेको हो।

प्रकाशित: २७ असार २०७९ १२:३४ सोमबार