राजनीति

अब वर्षौं पुराना भ्रष्ट्रचारका फाइल खोलिन्छन्: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले वर्षौं पुराना भ्रष्ट्रचारका फाइल खोलिने बताएका छन्। भरतपुरमा आज (शनिबार) पत्रकारसम्मेलनको आयोजना गरी लामिछानेले शंकास्पद नेता, कर्मचारी, व्यापारीहरुको अनुसन्धान गरिने बताए।

‘भष्ट्रचार सहिन्नः कसैलाई छोडिन्न,’ उनल भने, ‘भ्रष्ट्रचारीका सम्पूर्ण सम्पत्ति जफत गरी राष्ट्रियकरण गरिन्छ।’ लामिछानेले फास्ट ट्रयाक कोर्टमार्फत् वर्षौंदेखि अड्किएका पुराना मुद्दाको तुरुन्तै छिनोफानो हुने गर्ने समेत जिकिर गरे।

विधिको शासनमार्फत् नेपालको संविधानले परिकल्पना गरे अनुसारको समाज स्थापना गर्ने बताए। राष्ट्रिय स्वतन्त्र पार्टीले धर्म, संस्कृति र सम्पदाको जगेर्ना, सीमा सुरक्षा, जनताको स्वास्थ्य, शिक्षा, अपराध अनुसन्धानमा तीब्रता दिने बताएका छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी भाृतसंगठन रहित हुने जानकारी दिए।  पार्टीको सदस्यमा नै सार्वभौमिकता निहित हुने उनको भनाइ छ। चितवन भेलाका लागि शुक्रबार चितवन आएका लामिछानेले चितवनले आफूलाई धेरै मायाँ गरेको बताए। पार्टीले निर्णय गरेमा चितवनबाट नै चुनावमा उम्मेदवार बन्ने बताए। चितवनमा भएको जिल्ला भेलाले नयाँ कार्यसमिति समेत चयन गर्नेछ।

प्रकाशित: २५ असार २०७९ १३:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App