राजनीति

नागरिकता विधेयक प्रतिनिधिसभाबाट फिर्ता

फाइल तस्बिर।

विगत चार वर्षदेखि संसदमा अड्किएको नागरिकता विधेयक अन्ततः फिर्ता भएको छ। संसदमा २०७५ साल साउन २२ गतेदेखि विचाराधीन नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभाबाट फिर्ता भएको हो।

शुक्रबारको प्रतिनिधिसभा बैठक गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषदको निर्णयअनुसार विचाराधीन नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्ताव उपर छलफलमा भाग लिँदै सांसदहरुले फिर्ता लिन हुने र नहुने दुबै पक्षबाट मत प्रकट गरेका छन्।

गृहमन्त्री खाँडले आजै बस्ने मन्त्रिपरिषदको बैठकले नयाँ विधेयक ल्याउने भन्दै विचाराधीन विधेयक फिर्ता लिइएको बताएका छन्। त्यसपश्चात सरकारले प्रस्तुत गरेको विधेयक फिर्ताको प्रस्ताव संसदले बहुमतले पारित गरेको हो। योसँगै नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभाबाट फिर्ता भएको छ।

प्रकाशित: २४ असार २०७९ ११:३१ शुक्रबार

नागरिकता विधेयक प्रतिनिधिसभा गृहमन्त्री बालकृष्ण खाँण