राजनीति

एमाले केन्द्रीय विभागको बैठकमा ओलीले सम्बोधन गर्ने

नेकपा एमाले केन्द्रीय विभागको बैठक केन्द्रीय कार्यालयमा चलिरहेको छ। आजको बैठकमा तीनै विभागका प्रमुख, उपप्रमुख, सचिवलगायत उपस्थित छन्। उक्त बैठकमा महासचिव शंकर पोखरेलले विभागका काम, अपेक्षा र जिम्मेवारीहरूका बारेमा धारणा राखेका छन्।

केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार महासचिव पोखरेलको सम्बोधनपछि बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। एमालेले यसअघि २७ वटा केन्द्रीय विभागलाई पूर्णता दिएको थियो।

प्रकाशित: २४ असार २०७९ ०८:०२ शुक्रबार

नेकपा एमाले केन्द्रीय विभाग केन्द्रीय कार्यालय केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजाल अध्यक्ष केपी शर्मा ओली