राजनीति

समयमै योजना सम्पन्न गर्न मन्त्री चौधरीको निर्देशन

सहरी विकास मन्त्री मेटमणि चौधरी तथा मन्त्रालयका सचिव रमेश सिंहसहितको टोलीले मन्त्रालयबाट संचालित विभिन्न योजनाहरुको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै प्रगतिको जानकारी लिएको छ। मन्त्रीसहितको टोलीले आयोजनाका सरोकारबालाहरुसित छलफल पनि गरेको छ।  

यसै क्रममा रौतहटको सदरमुकाम गौर र आसपासमा मन्त्रालयबाट संचालित योजनालाई तत्काल कार्यान्वयनमा ल्याउन र निर्धारित समयभित्र द्रूत गतिमा सम्पन्न गर्न मन्त्री चौधरीले निर्देशन दिएका छन्।

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको निर्देशनमा मन्त्रीसहित आएको मन्त्रालयको टोलीले ५२ किलोमिटर सडक र बरहवा तालको निर्माणको ठेक्का लिएको निर्माण कम्पनीका साथै सरोकारवालालाई एक ठाउँमा राखेर चाँडै काम सम्पन्न गर्न निर्देशन दिएको छ।  

गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहलाई समेत साथै राखेर मन्त्रालयको टोलीले योजनाको प्रगति बुझेका थिए। योजना सम्पन्न गर्नका लागि नगरपालिकाले सबै किसिमको सहयोग गर्न तयार रहेको नगर प्रमुख साहले बताएका छन्।

सडक र बरहवा तालको निर्माणको ठेक्का पाएको कम्नीका निर्माण व्यावसायी नागेन्द्र साहले मन्त्रालय तथा नगरपालिकाको सहयोगमा चाँडै नै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। सहरी मन्त्री चौधरीले काममा अब कुनै पनि ढिलासुस्ती र लापरवाही हुन नहुने भन्दै समयमा गुणस्तरीय काम गर्नका लागि निर्देशन दिएका छन्।

प्रकाशित: २३ असार २०७९ १४:४१ बिहीबार