राजनीति

राज्य व्यवस्था समितिबाट नेपाल प्रहरी र प्रदेश प्रहरी संशोधन विधेयक पारित

फाइल तस्बिर।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक समितिबाट पास गरेको छ।

बिहीबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको समितिको बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक समितिबाट पास गरेको हो।

नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमा ५ वटा दफामा संशोधन भएको थियो। त्यसमा दफा २ नेपाल प्रहरीले अनुसन्धान गर्ने विषयमा अध्यागमन सम्बन्धी कसुर रहेको थियो।

अध्यागमनको कार्य नेपाल प्रहरीबाट नै हुनुपर्ने गरी विधेयक पास गरिएको समितिकी सचिव बविता मिश्रले बताए। उनले उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकारको प्रयोग तथा प्रदेश प्रहरीले अनुसन्धान गर्ने कसुरको अनुसन्धान समेत नेपाल प्रहरीले गर्ने गरी विधेयक समितिबाट पास गरिएको बताए।

समिति सचिव मिश्रले नेपाल प्रहरीबाट सम्पादन हुने कामको लागि काठमाडौं, ललितपुर र भक्तपुर  जिल्लामा नेपाल प्रहरी अन्तर्गतका प्रहरी कार्यालयहरु रहने बताए। समिति सचिव मिश्रले नेपाल प्रहरीबाट सम्पादन हुने कामको लागि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा नेपाल प्रहरी अन्तर्गतका प्रहरी कार्यालयहरुको बारेमा कार्य सम्पादन गर्न प्रदेश प्रहरीसँग समन्वय गरिने उल्लेख गरिएको पनि बताए। 

प्रकाशित: २३ असार २०७९ ०८:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App