राजनीति

अर्थमन्त्रीको राजीनामा र संसदीय समिति गठन सँगसँगै हुनुपर्ने एमालेको माग

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेट निर्माणमा अनाधिकृत संलग्न गराउने अर्थमन्त्री जनार्दन शर्माको राजीनामा र उनीमाथिको संसदीय छानविन सँगसँगै गराउन माग गरेको छ।  

सत्तारुढ दलहरु ६ सदस्यीय संसदीय छानविन समिति गठन गर्न यसअघिनै सहमत भएपनि अर्थमन्त्रीको राजीनामा र छानविन समिति गठन सँगसँगै हुनुपर्ने एमालेले माग गरेकाे हाे।

सोही मागका कारण छानविन समिति गठनको औपचारिक निर्णय हुन नसकेको सत्तापक्षका एक नेताले नागरिकन्यूजलाई बताए। 

'छानविन समिति गठन गरेर बर्तमान अर्थमन्त्रीलाई निरन्तरता दिने षडयन्त्र भएको हामीलाई महसुस भएको छ' एमालेका प्रमुख सचेतक बिशाल भट्टराईले भने। उनले थपे, 'त्यसैले हामीले अर्थमन्त्रीको राजीनामा र संसदीय छानविन समिति सँगसँगै हुनुपर्ने माग राखेका छौं, यद्यपी संसदीय छानविन सम्बन्धी विषयमा अहिलेसम्म कुनै औपचारिक निर्णय भइसकेको छैन', भट्टराईले नागरिकलाई बताए।

प्रकाशित: २२ असार २०७९ ०८:२७ बुधबार