राजनीति

संसदीय समिति गठन गर्न उपसभापति खड्काको माग

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणका सम्बन्धमा संसदभित्र र बाहिरबाट प्रश्नहरु उठ्न थालेकाले संसदीय छानविन समिति गठन गर्नुपर्ने बताएका छन्।  

उपसभापति खड्काले अर्थ मन्त्रालयका सन्दर्भमा संसद र आम जनताको गम्भीर चासोको विषय बनेको बताउँदै यसलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानवीन समिति आवश्यक रहेको बताएका हुन्।

‘बजेट निर्माणको बेलालाइसमेत जोडेर अर्थ मन्त्रालयका सम्बन्धमा सांसद र आम जनमानसबीच गम्भीर चासोको विषय बनेको छ,’ सामाजिक सञ्जालमा बुधबार स्टाटस लेख्दै कांग्रेस उपसभापति खड्काले भनेका छन्, ‘यो विषयलाई विश्वाशिलो तरिकाले समाधान गर्न संसदीय छानविन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठिक हुन्छ।’

उपसभापति खड्काले विगतमा पनि संसदमा यस्तो परम्परा रहेको बताउँदै आजै संसदीय समिति गठनको टुंगो लगाउन पनि आग्रह गरेका छन्। ‘विगतमा पनि संसदको यस्तो परम्परा छ,’ उनले भनेका छन्, ‘बरु ढिलो नगरौं, संसदबाट आजै संसदीय समिति निर्माणको टुंगो लगाऔं।’

प्रकाशित: २२ असार २०७९ ०५:०७ बुधबार

पूर्णबहादुर खड्का