राजनीति

बाबुरामले बोलाए विस्तारित बैठक

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बाेलाएका छन्।

अध्यक्ष उपेन्द्र यादवले विरगञ्जमा २७–२८ गते केन्द्रीय कार्याकारिणी समितिको बैठक बोलाएकै दिनमा भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन्। केन्द्रीय समितिका सबै सदस्यलाई सो बैठकमा उपस्थित हुन लागि निमन्त्रणा गरिएको छ।

प्रकाशित: २१ असार २०७९ ०२:३२ मंगलबार