राजनीति

रासायनिक मल सहजीकरण गर्न गृहमन्त्रीद्वारा भारतीय राजदूतलाई आग्रह

गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। नेपालका लागि भारतीय राजदूत बनेर भर्खरै नेपाल आएका राजदूत श्रीवास्तवले गृहमन्त्री खाँणसँग पहिलोपटक भेटघाट गरेका हुन्।  

गृह मन्त्रालयमा आज बिहान भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुढृढ र प्रगाढ बनाउनेबारे कुराकानी भएको गृहमन्त्री खाँणका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिए। 

भेटमा गृहमन्त्री खाँणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौताअनुरुप कृषि क्षेत्रमा रासायनिक मल सहजीकरण गर्न आग्रह गरेका थिए। राजदूत श्रीवास्तवले नेपालसँग भएको सम्झौता कार्यान्वयमा आफूले पहल गर्ने बताएका थिए। 

प्रकाशित: २० असार २०७९ ०७:११ सोमबार

गृहमन्त्री बालकृष्ण खाँण भारतीय राजदूत नवीन श्रीवास्तव