राजनीति

रवि लामिछानेद्वारा गठित राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता

रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। लामिछानेले यहि असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी खाेलेकाे घाेषणा गरेका थिए।

प्रस्तावित चुनाव चिन्ह घण्टीलाई पनि आयोगले मान्यता दिएको  छ। यो चुनावचिन्ह अरु पार्टीले नपाएकाले आयोगले स्वीकार गरेको पार्टीले जनाएको छ।

पार्टीको नामले आफूहरुलाई अप्ठेरो पर्ने भन्दै स्वतन्त्र उम्मेदवारहरुले आयोगमा उजुरी समेत दिएका थिए। तर, विवादलाई वेवास्ता गर्दै आयोगले सोही नामलाई मान्यता दिएको हो।

प्रकाशित: १७ असार २०७९ १०:१९ शुक्रबार