राजनीति

ओलीलाई भेट्न बालकाेट पुगे वामदेव

नवगठित नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम बालकोट पुगेका छन्।

उनी नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बिहीबार बिहान ओली कै निवास बालकोट पुगेका हुन्।

वाम एकता गराउन भन्दै केही दिन अघि मात्र बामदेवले नेकपा राष्ट्रिय एकता अभियान पार्टी खोलेका छन्। उनीहरुबीच राजनीतिक समसामयिक विषयमा छलफल भएको स्रोतले जनाएको छ।

प्रकाशित: १६ असार २०७९ ०७:५१ बिहीबार