राजनीति

अभद्र व्यवहारको आरोप लागेकी लुम्बिनीकी राज्यमन्त्रीले दिइन् राजीनामा

अर्काकी श्रीमती र छोरीलाई घरमै गएर अभद्र व्यवहार गरेको आरोप लागेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्य मन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छिन्।

स्रोतका अनुसार उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएकी हुन। वलीमाथि वाइसीएलका नेता एकराज बस्नेतकी श्रीमती र छोरीलाई उनीहरुको घरमै गएर हातपात गरेको आरोप लागेको थियो।

घटनाको छानविनका लागि प्रदेश सरकारले छानविन समिति गठन गरेको थियो। समितिका सदस्यहरु स्थलगत अध्ययन गरेर फर्किएका थिए। वलीका पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचनमा उनलाई दाङको क्षेत्र नम्बर ३ (ख) मा उठाइएको थियो।

उनी तत्कालिन एमाले पार्टीबाट विजयी भएकी हुन्। एमाले विभाजित भएपनि उनी माओवादीमा प्रवेश गरेकी हुन्। माओवादीको कोटाबाट राज्यमन्त्री बनेकी हुन्।

प्रकाशित: १५ असार २०७९ ०७:१२ बुधबार

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्य मन्त्री विमला खत्री वली मुख्यमन्त्री कुलप्रसाद केसी