राजनीति

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक बस्दै

सत्तारुढ नेकपा (एकीकृत समाजवादी) काे सोमबारदेखि सुरु भएको केन्द्रीय परिषद् बैठक आज पनि बस्दैछ।

अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ३४ पृष्ठको प्रतिवेदनमाथि मंगलबार छलफल हुनेछ। बैठकले उक्त प्रतिवेदनलाई पारित गर्ने कार्यसूची रहेको प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए।

अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिदेखि आगामी कार्ययोजनासम्म समेटिएका छन्। राष्ट्रिय राजनीतिको वर्तमान चरित्रबारे व्याख्या गरिएको छ।

प्रकाशित: १४ असार २०७९ ०२:५० मंगलबार