राजनीति

सबैतिर भ्रष्टाचार मौलाएको छः अध्यक्ष नेपाल

सत्तारुढ दल नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सबैतिर दलाल र पुँजीवादी शक्ति हावी भएको र मुलुकमा भ्रष्टाचार मौलाएको बताएका छन्।  

सोमबार केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्ने क्रममा उनले मुलुक भ्रष्टीकरणतर्फ गइरहेको उल्लेख गरेका हुन्। ‘हाम्रो पंक्तीमा पनि त्यसको असर पर्ने कुराले चिन्तित् छौं’, अध्यक्ष नेपालले भने, ‘यसले निर्वाचन प्रणालीमा पनि प्रभाव पार्ने देखिएको छ।’  

निर्वाचन मंसिरमा हुने सम्भावना

यसैगरी उनले संघ र प्रदेशको निर्वाचन आगामी मंसिर महिनामा संघिय र प्रादेशिक निर्वाचन हुने संभावना रहेको उल्लेख गर्दै कार्यकर्तालाई केन्द्रदेखि गाँउतहसम्म तयारी गर्न निर्देशन दिएका छन्।  

उनले पार्टीका नेत र कार्यकर्ता आ-आफ्नो कार्यक्षेत्रमा पुगेर प्रत्यक नागरिकको घरघरमा जान आग्रह गरेका हुन। ‘सबै कार्यकर्ताहरु जनताका घरघर जानुपर्छ। कलम चिन्ह्रको प्रचार गर्नुपर्छ‘, अध्यक्ष नेपालले भने।  

उनले स्थानिय निर्वाचनमा २८ प्रतिशत मात्र उम्मेदवार उठाउँदा पनि पार्टीले ९ लाख मत प्राप्त गरेको उल्लेख गर्दै भने, ’अबको निर्वाचनमा संघ र प्रदेशका सबै सिटमा उम्मेदवार उठाउनुपर्छ। त्यसैले त्यही अनुसार तयारी गर्नु हो। मतसंख्या बढ्यो भने समानुपातिक तर्फको सिट संख्या पनि बढ्छ। टोल टोलमा र बुथबुथमा जानेगरी तयारी गर्नुपर्छ।‘

प्रकाशित: १३ असार २०७९ ०८:१५ सोमबार