राजनीति

मन्त्री झाँक्रीले पनि पदबाट राजीनामा दिदैँ

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आइतबार  मन्त्रि पदबाट राजीनामा दिने भएकी छन्।

राजीनामा घोषणा गर्नका लागि उनले आजै मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेकी छन् । उक्त पत्रकार सम्मेलनमार्फत मन्त्री झाँक्रीले मन्त्रालय छाडेको जानकारी दिने बताइएको छ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले २२ जेठमा मन्त्री फिर्ता बोलाएर नयाँ नेताहरुलाई सरकारमा पठाउने निर्णय गरेको थियो।  

सोही अनुसार मन्त्री झाँक्रीले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउन लागेकी हुन्।  

प्रकाशित: १२ असार २०७९ ११:३६ आइतबार