राजनीति

नेपालका लागि भारतीय राजदूत काठमाडौँमा

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौँ आइपुगेका छन्। उनी आज (शनिबार) अपराह्न काठमाडौँ आइपुगेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएपछि उनले औपचारिक रुपमा कार्यभार सम्हाल्ने छन्। श्रीवास्तव करियर कूटनीतिज्ञ हुन्। काठमाडौँ आउनु अघि उनी नयाँ दिल्लीमा चीन, जापान, कोरिया, मङ्गोलिया, मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत थिए।

श्रीवास्तवले पूर्वी लद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्व गरे भने सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसकेका छन्। साथै उनले वासिङटन, बेइजिङ, संघाइ र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गरेका छन्।

प्रकाशित: ११ असार २०७९ १२:०९ शनिबार

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव राष्ट्रपति विद्यादेवी भण्डारी