राजनीति

चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठलाई नियुक्त गरेकी छन्। 

मन्त्रिपरिषदबाट सिफारिस भएका श्रेष्ठलाई आज राष्ट्रपतिले नियुक्त गरेकी हुन्। श्रेष्ठ सत्तारुढ  माओवादी केन्द्रको कोटामा राजदूत सिफारिस भएका थिए।

उनको नाम संसदीय सुनुवाइ समितिले पनि अनुमोदन गरेको थियो।

प्रकाशित: ९ असार २०७९ १३:०० बिहीबार