राजनीति

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको खर्च कटौतिको प्रस्ताव पेश

नेकपा (एमाले)की राष्ट्रियसभाका सांसद तुलसाकुमारी दाहालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको खर्च कटौतिको प्रस्ताव पेश गरेकी छिन्।

सोमबार राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शिर्षकमाथिको छलफलमा भाग लिँदै सांसद दाहालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लैंगिक हिंसा निवारण तथा मानव अधिकार नियन्त्रण तथा रोकथामका लागि सरकारले उपयुक्त र प्रभावकारी कार्यक्रम नल्याएको भन्दै यस शीर्षकको  खर्च रकम घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी हुन्।

उनले भनिन्, ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विरोध स्वरुप खर्च कटौतिको प्रस्ताव राखेको छु। लैंगिक हिंसा निवारण तथा मानव अधिकार नियन्त्रण तथा रोकथामका लागि सरकारले उपयुक्त र प्रभावकारी कार्यक्रम नल्याएको हुँदा यस शिर्षकको खर्च रकम घटाई एक रुपैयाँ कायम गरियोस् भन्न चाहन्छु। बजेट सन्तुलित र न्यायोचित छैन।’

उनले सरकारले ल्याएको आगामी आर्थिंक वर्षको बजेट सन्तुलित र न्यायोचित नभएको दावी समेत गनिन्।  

प्रकाशित: ६ असार २०७९ ०७:५७ सोमबार

नेकपा (एमाले)की राष्ट्रियसभाका सांसद तुलसाकुमारी दाहाल राष्ट्रियसभाको बैठक विनियोजन विधेयक महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय