राजनीति

राष्ट्रलाई अहित हुने काम काँग्रेस सरकारले कहिल्यै गर्दैनः नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रलाई अहित हुने काम काँग्रेस सरकारले कहिल्यै नगर्ने बताएका छन्।

शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै नेता सिंहले राष्ट्रलाई अहित हुने काम काँग्रेस सरकारले कहिल्यै नगर्ने दाबी गरेका हुन्। उनले राष्ट्रहीत विपरितका काम काँग्रेसले गर्छ भनेर नसोच्न पनि आग्रह गरे।

नेता सिंहले हरेक सरकारले चाल्ने गतिविधिहरु पारदर्शी हुन आवश्यक रहेको पनि बताए। उनले स्टेट पाटनरसिप प्रोग्राममार्फत विपद्का बेलामा सरकारले नागरिकका लागि सहयोग मागेको बताए।

नेता सिंहले सरकारले कुनै पनि हालतमा एसपीपी सम्झौता स्वीकार्य नहुने भनिसकेको भन्दै यसलाई शंकाको दृष्टिले हेर्न उचित नहुने बताए। 

प्रकाशित: ३ असार २०७९ १२:१४ शुक्रबार

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह अन्तर्राष्ट्रिय सम्बन्ध समिति