राजनीति

स्वास्थ्य राज्यमन्त्री बिमलामाथि प्रदेश सरकारले छानविन गर्छ: स्वास्थ्य मन्त्री चौधरी

महिलामाथि कुटपिट गरेपछि प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली माथि प्रदेश सरकारले छानविन गर्ने जनाएको छ। 

प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रजीत चौधरीले स्वास्थ्य राज्यमन्त्री वलीले महिला र बालिकामाथि कुटपिट गरेको घटनाका सम्बन्धनमा सरकारले छानविन गर्ने नागरिकन्यूजलाई जानकारी दिए। ‘घटना के हो ? कसरी भयो? भन्ने सम्बन्धनमा सरकारले छानविन गर्नु पर्छ र गर्छ,’ मन्त्री चौधरीले भने ‘मैले पनि अहिले नै उक्त घटनाका बारेमा एकिन बुझ्न पाएको छैन।’ साथै उनले यो घटनाका सम्बन्धमा माओवादी पार्टीभित्र पनि छानविन हुने जानकारी दिए। 

वली माओवादी सांसद हुन्। स्वास्थ्य राज्यमन्त्री वलीले तुलसीपुरका एकराज बस्नेतकी श्रीमती  मिना र उनकी छोरीलाई घरभित्रै पसेर कुटपिट गरेपछि उनी अहिले प्रहरी नियन्त्रणमा छिन्।

प्रकाशित: ३१ जेष्ठ २०७९ ०५:५२ मंगलबार