राजनीति

प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणबारे संसदमा जानकारी गराउन आग्रह

प्रतिनिधि सभा सदस्य डा. सुर्य प्रसाद पाठकले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको सम्बन्धमा संसदमा जानकारी दिन आग्रह गरेका छन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा समय माग गरि बोल्दै सांसद पाठकले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको सम्बन्धमा सत्तारुढ गठबन्धनका नेताले नै आशंका गरिरहेको उल्लेख गर्दै सो भ्रमणको सम्बन्धमा संसदमा जानकारी दिन आग्रह गरेका हुन्। 

उनले नेपाललाई सैन्य गठबन्धनमा प्रवेश गराइने हो कि भन्ने आशंकाहरु उब्जिएको बताए । उनले राष्ट्रिय स्वाधिनता र नेपालको सार्वभौमसत्तासँग जोडिएको विषय भएकाले प्रधानमन्त्रीले संसदबाट आम जनतालाई जवाफ दिनुपर्ने उनको भनाई छ।

प्रकाशित: २७ जेष्ठ २०७९ ०७:१६ शुक्रबार