राजनीति

सरकारले बजेटमा कृषिलाई प्राथमिकता दिएको भनिएपनि मलको हाहाकार भयोः त्रिपाठी

प्रतिनिधि सभा सदस्य हृदयश त्रिपाठीले सरकारले बजेटमा कृषिलाई प्राथमिकता दिएको भनिएपनि मलको हाहाकार भएको बताएका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य त्रिपाठीले यस्तो बताएका हुन्।

छिमेकी देश भारतबाट किसानहरुले मल ल्याएपनि नेपाल प्रहरीले प्रताडना दिने गरेको उल्लेख गर्दै यसो गरेमा धानको उत्पादन घट्ने बताए।

उनले भने, ‘बजेट आउँदा कृषिलाई बढी नै प्राथमिकतामा राखेको सुनियो। त्यो निवन्ध रैछ। प्रवन्ध भनेको अर्कै रहेछ फेरि। मलको अभावले गर्दा किसानहरुमा हाहाकार छ। सीमामा किसानले भारतीय प्रहरी प्रशासनको प्रताडना सही ल्याउने मल, ल्याइसकेपछि फेरि हाम्रा पुलिस प्रशासनले पनि त्यत्तिकै प्रताडना दिने रहेछन्।’

प्रकाशित: २६ जेष्ठ २०७९ ०९:०८ बिहीबार