राजनीति

जन्मसिद्ध नागरिकता पाएका सन्तानसँग राज्यले गैरनागरिक सरह व्यवहार गर्‍योः उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जन्मसिद्धको आधारमा नागरिकता पाएको सन्तानलाई निर्वाचन अघिनै राज्यले नागरिकता दिनुपर्ने बताएका छन्। बुधबार जनकपुर स्थित होटेल वेलकमम प्रेस मंचले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

जन्मसिद्धको आधारमा आमाबुबाले नागरकिता पाएको छ। तर उनको सन्तानले नागरिकता पाइरहेको छैन। नागरिकता नपाएपछि मताधिकारबाट पनि वञ्चित भएको हो संघ र प्रदेशको निर्वाचन हुनु हुनुभन्दा अगाडि उनीहरूलाई नागरिकता दिएर मतदाता नामावली नाम सुचिकृत गर्नुपर्ने अध्यक्ष यादवले बताए।

'स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ। अब सबै राजनीतिक दलको ध्यान संघ प्रदेशको चुनावमा केन्द्रित भएको छ। तर लाखौं नागरिकलाई मतदानको अधिकारबाट वञ्चित गरेको हो। ती नागरिकलाई राज्यद्वारा गैरनागरिक सरह व्यवहार गरेको छ। अहिले पाँच दलीय गठबन्धनको सरकार छ। हामीहरुको प्रयास हो सदनमा नागरिकता विधेयक पास गरेर नागरिकता सम्बन्धि समस्या समाधान गर्नु। उनले भने, ०७४ को चुनावमा मधेस जनसंख्या ४७५ प्रतिशत रहेको थियो। त्यो जनसंख्या वृद्धि भएर ५३ प्रतिशत पुगेको छ अब निर्वाचन क्षेत्रको पनि अवलोकन हुनुपर्छ। जनसंख्याको निर्वाचन क्षेत्र कायम गर्नुपर्छ।'

उनले फरक प्रसंगमा जसपाबाट अगल भएर लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका लोसपा अध्यक्ष महन्थ ठाकुरलाई पार्टी एकताको लागि आह्वान समेत गरेका छन्। लोसपाका अध्यक्ष महन्थ ठाकुरले विगतमा केपी शर्माको प्रभावमा परेर जसपाबाट अलग भएको हो। अरुको लागि पार्टी फोड्दा त्यस्को परिणाम  मधेसीले व्यहोर्नुपरेको बताउँदै उनले अब एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको बताए।

प्रकाशित: २५ जेष्ठ २०७९ ०६:१४ बुधबार

जनता समाजवादी पार्टी उपेन्द्र यादव