राजनीति

नेकपा एसले प्रधानमन्त्रीलाई दियो नयाँ मन्त्रीको नाम

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)ले मन्त्रीको नाम हेरफेर गरेको छ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले हाल संघीय सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरूलाई पठाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले मन्त्रीका लागि ५ जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन्।

नयाँ मन्त्रीका लागि नेकपा एसले जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीराचन्द्र केसीलाई चुनेको छ।  

अहिले स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइने छ भने जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने नेकपा एसले जनाएको छ। त्यस्तै हीराचन्द्र केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्ने छन्।

प्रकाशित: २२ जेष्ठ २०७९ ११:०८ आइतबार