जनकपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट ६ र एमालेका २ उम्मेदवार निर्वाचित भएका छन्। शनिबार (आज) कार्यपालिका सदस्यको निर्वाचनमा कांग्रेसबाट राकेश विक्रम साह र एमालेबाट संन्तोषकुमार महतो र दिपेन्द्रकुमार साह निर्वाचित भएका हुन्।
कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका राकेशले सबैभन्दा बढी ८५ मत ल्याएका छन् भने एमालेका दिपेन्द्र ६८ र सन्तोषले ७८ मत ल्याएका हुन्।
महिला तर्फबाट नेपाली कांग्रेसको प्यानलनै विजयी भएका छन्। निर्वाचित हुनेमा फूलकुमारी देवी, मनीषाकुमारी देवी, सारदा पंत, शैलकुमारी चौधरी र संजू रहेका छन्।
नगरपालिकामा निर्वाचित भएका महिला सदस्य मध्ये पाँच जना महिला र बाहिरबाट तीन जना गरी ८ जनालाई कार्यपालिका सदस्यमा राख्ने संवैधानिक प्रावधान रहेको छ।
जनकपुर उपमहानगरपालिकामा कूल १२७ मतदाता सदस्य रहेका छन्। कार्यपालिका सदस्यको निर्वाचनमा १२५ जनाले मतदान गरेका थिए।
प्रकाशित: २० जेष्ठ २०७९ १२:३८ शुक्रबार