नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले बजेट छलफलका क्रममा सांसदहरुको पर्याप्त उपस्थिति रहेको दाबी गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वस्थित संसद भवन पुगेका नेता पुनले मन्त्रालयको काम र निर्वाचन क्षेत्रका मतदाताहरुसँग भेटनुपर्ने हुँदा सांसदहरुले कहिलेकाहीँ छोटो समय संसद बैठक छोड्ने गरेको बताए। पूर्वअर्थमन्त्री समेत रहेका उनले आफूभने संसदमा नियमित उपस्थित भइरहेको बताए।
प्रकाशित: २० जेष्ठ २०७९ ११:४५ शुक्रबार