राजनीति

वृन्दावन नगरपालिकाको कार्यपालिकामा राजेश पासवान निर्वाचित

रौतहट वृन्दावन नगरपालिकाको कार्यपालिका सदस्यमा राजेश पासवान निर्वाचित भएका छन्।

गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनको परिणाम घोषणा भएर निर्वाचित पदाधिकारीहरुले शपथ ग्रहण गरेपछि निर्वाचन कार्यालयले प्रकाशित गरेको कार्यपालिका सदस्य निर्वाचनको कार्यतालिका अनुसार सम्पन्न निर्वाचनमा पासवान निर्वाचित भएका हुन्।

कार्यपालिकाको निर्वाचनपछि पासवान निर्वाचित भएको घोषणा गरिएको हो। पासवान नेकपा एकीकृत समाजवादीबाट वृन्दावन नगरपालिकामा कार्यपालिकाका उम्मेदवार थिए। 

प्रकाशित: १८ जेष्ठ २०७९ ०६:५५ बुधबार

रौतहट वृन्दावन नगरपालिका