राजनीति

याक्थुङ चुम्लुङ ताप्लेजुङमा हाङमाया

याक्थुङ चुम्लुङ ताप्लेजुङको अध्यक्षमा हाङमाया लेछर्बो चयन भएकी छिन्। उपाध्यक्ष द्वयमा भक्त तबेबुङ र गीता लिम्बू छन्। सचिवमा शेखर लिम्बू, सहसचिवमा सुखबहादुर ताप्मादेन, कोषाध्यक्षमा तुलसा लिम्बू र सहकोषाध्यक्षमा जुनकला केदेम रहेका छन्।

समितिका सदस्यहरुमा चन्द्रकला लिम्बू, अमर पालुङ्वा, उदय पुर्खेली लिम्बू, शकुन्तला इजम, कल्पना साँवा, मञ्जु लिम्बू, सुखमाया साँवा, अनिता लिम्बू, शान्ता लिम्बू, रुपा लिम्बू, चन्द्र लेछर्बो, इन्दु काम्बाङ, लालकुमार फेम्बो, रनबहादुर लिम्बू लगायत रहेका छन्।

प्रकाशित: १६ जेष्ठ २०७९ ०८:४३ सोमबार

याक्थुङ चुम्लुङ ताप्लेजुङ हाङमाया लेछर्बो