राजनीति

समयमा किसानले मल पाएनन्, विद्यार्थीले पाठ्यपुस्तकः राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङदेनले सरकारले ल्याएको नीति तथा कार्यक्रम मन्त्री र सत्तापक्षका सांसदहरुको चुनावलक्षित कार्यक्रम मात्रै भएको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद लिङदेनले यस्तो बताएका हुन्। उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा रासायनिक मल किन्न नपाएका किसानले अर्को वर्ष पाउने सुनिश्चितता नभएको जिकिर गरे।

उनले शैक्षिक सत्र सुरु भइसक्दासमेत विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गर्दै नीति तथा कार्यक्रममा अर्को वर्ष समयमै पाठ्यपुस्तक पाउने नीति नसमेटिनु दुःखद भएको बताए। सांसद लिङदेनले देशको अहिलेको प्राथमिकतालाई निर्वाचनमुखी कार्यक्रमको संज्ञा दिए।

प्रकाशित: १३ जेष्ठ २०७९ १२:१० शुक्रबार

राप्रपा राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र लिङदेन प्रतिनिधि सभाको बैठक नीति तथा कार्यक्रम