राजनीति

तिलोत्तमा नगरपालिकाको प्रमुखमा कांग्रेसका खाँण विजयी

रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी भएका छन्। खाणले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंलाई ७६५मतले पराजित गर्दै नगरप्रमुखमा निर्वाचित भएका हुन्। 

खाँणले २४ हजार ३९६ मत ल्याइ मेयरमा निर्वाचित हुँदा उनका निकटतम प्रतिश्पर्धी नेकपा एमालेका मोहन चापागाईंले २३ हजार ६३१ मत पाए। उपमेयरमा नेकपा एमालेकी जागेश्वरीदेवी चौधरी निर्वाचित भइन्। चौधरीले २३ हजार ८६ मत ल्याएर बिजयी भएकी हुन्। उनका निकटतम प्रतिश्पर्धी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका हेमन्त पाण्डेले ११हजार ५४६ मत प्राप्त गरे।  

तिलोत्तमा गृहमन्त्री बालकृष्ण खाँण र एमाले नेता घनश्याम भुसालको गृहनगर हो। यो नगर एमाले उपाध्यक्ष बिष्णु पौडेलको पनि निर्वाचन क्षेत्र  पर्दछ। यसअघि २०७४ मा एमालेले प्रमुख र उपप्रमुख जितेको तिलोत्तमामा यसपाली काँग्रेसले जितेको हो।

शासक होइन,जनसेवक भएर काम गर्छु: खांण

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नवनिर्वाचित प्रमुख रामकृष्ण खाँणले जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता गरेका छन्। मतपरिणाम सार्वजनिक लगत्तै पत्रकारहरुसंग कुराकानी गर्दै उनले आफ्ना एजेण्डालाइ मतदाताले सदर गरेकोमा धन्यबाद समेत दिए। उनले भने, 'हामीले अब सबैलाइ मिलाएर सबैसंग मिलेर काम गर्छाैं,तिलोत्तमालाइ देशमै उत्कृष्ट,भ्रष्टचारमुक्त र सुशासनयुक्त बनाउने मेरो प्रतिबद्धता छ, यो पुरा गर्छु।मलाइ आफ्नो मत दिएर जिताउनुहुने सबैप्रति कृतज्ञ छु ,मेरो अभियानमा साथ दिने सबैलाइ एकमुष्ट धन्यबाद दिन चाहन्छु।,’ उनले भने। शासकको रुपमा नगरपालिकामा नबस्ने भन्दै उनले जनताकै सेवामा केन्द्रित रहने र बाँकी जीवन पनि नगरबासीकै सेवा गरेर बिताउने बताए।  

तिलोत्तमा नगरप्रमुखमा विजयी रामकृष्ण खाँण को हुन्?

वि.स. २०२२ साल माघ १७ गते रुपन्देहीको मणिग्राममा जन्मिएका रामकृष्ण खांण नेपाली काँग्रेस रुपन्देहीका हालका सभापती समेत छन्। नेता खाँणका बुवाआमा रामकृष्ण नजन्मदै वि.स.२०१७ सालमा स्याङ्जा बिसिङकोट (हालको चापाकोट) बाट रुपन्देही झरेको हो।  

नेपाली काँग्रेसको राजनीति गरेपनि आम जिल्ला बासीकालागि परी आउदा साझा नेताको रुपमा सहयोगी भुमिका खेल्ने भएकाले उनी रुपन्देहीको राजनीतिक बृत्तमा चर्चित र लोकप्रिय छन्।  

उनी गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाणका सहोदर भाइ हुन। उनका पिता पनि काँग्रेसको राजनीतिमा सक्रिय थिए। रामकृष्ण २०३५ सालदेखि नै आफ्ना बुवा र दाइको पदचाप पछ्याउँदै पञ्चायत बिरोधी आन्दोलनमा लागेका थिए।

बिस २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववीयु इकाइको कोषाध्यक्ष भएका थिए। वि.स. २०५४ सालमा उनी काँग्रेस रुपन्देहीको जिल्ला कार्यसमिति सदस्य भए। त्यसपछि उनी बिस २०६६ सालमा जिल्ला सचिव भए। त्यसपछिका कार्यकाल पनि सचिव भएका उनी गत मंसिरमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनबाट काँग्रेस रुपन्देहीको सभापतीमा निर्विरोध निर्वाचित भएका हुन्। यसअघिको स्थानीय निर्वाचनमा पनि उनी तिलोत्तमाको मेयरमा उठेर झिनो मतले पराजित भएका थिए।

उनले बुटवल बहुमुसीबा आइए र किर्तिपुर क्याम्पसबाट स्नातक सम्मको अध्ययन सकेका छन्। राजनीति,२०३५ सालदेखि पञ्चायत विरोधी आन्दोलनमा सहभागि ,२०४० सालबाट राजनीति आरम्भ,२०३८मा मेलमिलाप दिवस मनाउने क्रममा बुटवलमा प्रहरीको धरपकडमा मात्र परेनन् केहि समय हिरासतमा बसे त्यसपछि २०४० सालको सुरजपुरा घटनामा स्वर्गीय गिरीजाप्रसाद कोइराला लगायतका नेताहरुको सुरक्षार्थ खटिएका उनी घटना लगत्तै घाइतेको उपचार तथा उद्धारमा सक्रियता पुर्वक लागे। २०४२ को सत्याग्रहका बेला अग्र मोर्चामै खटिएका उनी भाग्यबस जेल जानबाट जोगिएपनि जेल परेकाहरुको रिहाइ, खानपान, खवर आदानप्रदानको काममा सक्रिय भए। २०४६ को जनआन्दोलनमा भैरहवा उत्तरका सबै गाविसका युवाहरुको नेतृत्व गर्दै आन्दोलनमा होमिए। 

२०४७ सालताका बुटवल बहुमुखी क्याम्पसमा स्ववीयु इकाइको कोषाध्यक्ष भए। उनी २०५४ सालमा पार्टीको जिल्ला कार्यसमिति सदस्य भए। २०६६ मा सचिव भएका उनी जिल्लामा दुई कार्यकाल सचिव भएर कांग्रेसको संगठनलाई बलियो बनाउदै सफल नेतृत्व दिएर परि आफ्नो छवि उच्च राख्न अब्बल छन्। उनी काँग्रेसजनका माझ  स्पष्ट वक्ताको रुपमा परिचीत छन।हाल उनी  नेपाली कांग्रेस रुपन्देहीका सभापति छन् भने भर्खरैमात्रै तिलोत्तमाको नगर प्रमुख निर्वाचित भए।

प्रकाशित: १३ जेष्ठ २०७९ ०२:४६ शुक्रबार